नियम १३
योजनामा तत्काल प्रयोग नभएका जग्गाको सम्बन्धमा
१३. योजनामा तत्काल प्रयोग नभएका जग्गाको सम्बन्धमा ः
योजनाको निमित्त नेपाल सरकारबाट प्राप्त गराइएको कुनै जग्गा योजना बमोजिम तत्काल प्रयोगमा नआउने रहेछ
भने समितिले त्यस्तो जग्गा पछि योजनालाई चाहिएमा जुनसुकै बखत फिर्ता लिन सकिने गरी समितिले तोकेको शर्त तथा बन्देजमा बहाल लिई कसैलाई प्रयोग गर्न दिन सक्नेछ । तर समितिले त्यस्तो जग्गा कुनै अवस्थामा पनि मोहियानीमा कमाउन दिन सक्नेछैन ।